गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नहुँदा अरबौँको लगानी जोखिममा, होटल व्यवसाय कुनै पनि समय धराशायी हुन सक्छ : चन्द्रप्रकाश श्रेष्ठ

अर्थ पर्यटन

(टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्कटमा रूपन्देहीका होटल, टेन्सनमा बैक !, इन्स्टाखबरको विशेष प्रस्तुतिको लागी सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ सँग कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नु भएको अन्तर्वार्ता)

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को निर्माणको सुरुवात पछि ठूलो उत्साहका साथ भैरहवा लुम्बिनी क्षेत्रका पर्यटकीय होटलहरू खुल्ने क्रम सुरु भएको थियो। त्यो उत्साह विपरित अहिले सञ्चालनमा रहेका तथा निर्माणाधीन रहेका सबै होटल व्यवसाय वित्तिय सङ्कटमा छन् भनिन्छ, करिब ७५ अरब रुपियाँ बराबरको लगानी धरापमा रहेको भनिन्छ, पर्यटक आगमन र होटलहरू को अकुपेन्सीको हिसाबले अहिलेको वास्तविक अवस्था कस्तो छ ?

तथ्यांकमा पर्यटक आगमन अधिक देखिएता पनि होटलहरुको अकुपेन्सीमा त्यसको असर पर्न जादैन | अकुपेन्सी दरको हिसबमा हेर्दा लुम्बिनीको हकमा यो मात्र १०/१२ प्रतिशतमा सिमित छ, भैरहवाको हकमा यो बजार क्षेत्र भएको हिसाबले यहाँको अकुपेन्सी दर २५/३० प्रतिशत रहेको छ, जुन एकदम न्यून हो |

पर्यटक आगमनको हिसाबले कोभिडकाल भन्दा पक्कै पनि वृद्धि भएकै हो तर यहाँ जुन स्तरमा लगानी भएको छ त्यसको अनुपातमा पर्याप्त भने होइन | हाल यहाँका होटलहरुको अकुपेन्सी दर होटलहरुको क्षमताको तुलनामा निक्कै न्यून रहेको छ | सिमापारिबाट क्यासिनोमा खेल्न आउने जस्ता पर्यटकहरुको संख्यामा वृद्धि देखिन्छ तर त्यसले त पर्यटकको बसाइ मा प्रभाव पर्दैन, होटलमा स्टेयिङ्ग छैन |

हुन त बेलहिया सिमा नाका सडक बाटो भएर भारतबाट नेपालमा सर्वाधिक पर्यटक भित्रिने गरेको छ तर तिनी सबैको गन्तव्य मात्र नभएर काठमाडौँ, पोखरा लगायत अन्य स्थान समेत हुने गरेकोले तथ्यांकमा पर्यटक आगमन अधिक देखिएता पनि होटलहरुको अकुपेन्सीमा त्यसको असर पर्न जादैन | अकुपेन्सी दरको हिसबमा हेर्दा लुम्बिनीको हकमा यो मात्र १०/१२ प्रतिशतमा सिमित छ, भैरहवाको हकमा यो बजार क्षेत्र भएको हिसाबले यहाँको अकुपेन्सी दर २५/३० प्रतिशत रहेको छ, जुन एकदम न्यून हो | कोभिडकाल भन्दा यो तथ्यांक अधिक हो तर होटल संचालनका हिसाबले त यो नाजुक अवस्था हो |

२० प्रतिशतको हाराहारीमा होटलहरूको अकुपेन्सी रेट रहनु भनेको व्यवसायिक हिसाबले अत्यन्त निराशाजक अवस्था र लस ग्यरेण्टेड परिस्थिति हो होटल व्यवसायका लागि, हाल सिद्धार्थ होटल एसोसिएसनमा आवद्ध होटलहरूको वर्तमान क्षमता र अवस्था कस्तो रहेको छ ?

हाम्रो सिद्दार्थ होटल एसोसिएसनमा आवद्ध भैरहवा, बेलहिया क्षेत्रमा करिब १६० वटा फाइभ स्टार होटल देखि टुरिस्ट स्ट्याण्डर्ड बिभिन्न स्तरका होटलहरु रहेका छन | यी होटलहरु दैनिक साढे छ हजार पर्यटकलाई होल्ड गर्न सक्ने क्षमता रहेको छ | तर मैले अघि नै भने हाम्रो अकुपेन्सी रेट निकै न्यून छ, अब अहिले फेरी टुरिस्ट सिजन सुरु हुन् लागेको हुँदा केही आश भने जागेको अवस्था छ। साथै फेरी एकपटक सरकारले यहाँको विमानस्थल संचालनको लागी थालेको पहलले समेत व्यवशायीहरु पर्यटकीय गतिबिधि चलायमान हुनेमा आशावादी छन् ।

एयरपोर्ट संचालनमा आएको २७/२८ महिना सम्ममा पनि विमानहरुको उडान संचालन हुन् नसक्दा धरै होटल व्यवशायहरु धरासयी भएका छन् । होटल तथा पर्यटन व्यवशय वित्तिय संकटमा छ, यस्तो अवस्थमा सिद्दार्थ होटल एसोसिएसनले संकट समाधानको के-कस्तो प्रयास गर्दै छ, अध्यक्षको नाताले के होटल व्यवशायहरु धरासयी हुनबाट जोगाउन सकिने सम्भावना देख्नु हुन्छ ?

अहिलेको १०/ २० प्रतिशतको अकुपेन्सी रेटले लोन त के एउटा बिजुलीको पैसो तिर्न समेत तिर्न नसक्ने हालत हुन्छ, अहिले पनि कति होटेलहरुको लाइन काटिएको छ। व्यवशायीहरु अहिले सर्वाधिक दवाब र अत्यन्त कठिन अवस्थामा पुगेका छन् ।

सत्य कुरा के हो भने हाम्रो यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जुन बेला तत्कालिन प्रम स्वर्गीय सुसिल कोइरालाले शिलान्यास गर्नु भयो र शिलान्यास पश्च्यात विमानस्थलमा सरकारले करिब ४० अर्ब लगानी गर्यो भने यहाँका निजि क्षेत्रले उत्साहित भएर झन्डै यसको दोब्बर ८० अर्ब जति होटल लगायत अन्य पर्यटन पूर्वाधार तथा उद्योगहरुमा लगानी बिस्तार गर्यो। तर अहिले तत्कालिन प्रम शेर बहादुर देउवाज्युले यो विमानस्थल उद्घाटन गरेको समेत आज २७ महिना बितिसक्दा समेत सुरुमा केहि एयर्लाइन्सहरुले उडान गरेतापनि अहिले सबै ठप्प छ। भनिन्छ अन्तर्राष्ट्रिय एयर्लाइन्सहरुले विभिन्न छुट र सुविधाहरुको माग गर्दै आएका छन् , जुन सरकारले प्रदान गर्न सकेको छैन।

यसबीचमा सिद्दार्थ होटल एसोसिएसनले मेरै नेतृत्वमा थुप्रै डेलिगेसन, चर्चा, छलफल मात्र होइन अन्दोलन नै समेत गरिसकेको छौ। सरकारले वार्तामा समेत हामीलाई बोलाएको थियो, वार्ता निकै सकारत्मक थियो र अब यो एयरपोर्ट चल्छ भन्नेमा फेरी हामी व्यवशायीहरु आस्वस्त समेत भएका थियौ तर बिडम्बना कुरा कुरै मात्र रहयो। सरकारले पनि चलाएन र अर्कोतर्फ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन खेलहरु पनि भए। एकातिर सरकार नै निस्क्रिय देखियो भने अर्कोतिर काठमाडौँकै भेस्टेड व्यापारिक विभिन्न समूहहरु यसलाई असफल पार्न लागे यसको परीआएको खण्डमा हामी पुष्टि पनि गर्नसक्छौ।

अहिले फेरि एमाले कांग्रेसको सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा ल्याउने पहल सुरु गरेको । सम्माननीय प्रम केपी शर्मा ओलीज्यु र माननीय पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे सँग हामीले संवाद समेत भएको छ र निक्कै सकारत्मक पहल भएको छ। हाम्रा मागहरु जस्तो एयरपोर्ट मात्र नभएर त्यहाँ आवस्यक सम्पूर्ण पूर्वाधारहरु जस्तो भिषा सम्बन्धि लगायत अध्यागमनको अन्य सम्पूर्ण व्यवस्था यहि हुनुपर्ने, श्रम, स्वाथ्य सँग जोडिएका पूर्वाधारहरुका विषयहरुमा गत श्रवण २८ गते निर्णय भएको छ।

भैरहवा लुम्बिनी क्षेत्रमा थुप्रै सञ्चालनमा रहेका होटलहरू घाटामा रहेको, निर्माणाधीन होटलहरू धमाधम निर्माण रोकेर प्रोजेक्ट क्लोज गर्दै गएको र यसको कारण करिब ७५ अरबको लगानी सङ्कटमा परेको भनिन्छ? यसमा कत्तिको सत्यता छ ? यसले त होटेल क्षेत्र मात्र हैन ब्याङ्क वित्तीय संस्थालाई मात्र नभई क्षेत्रको समग्र अर्थतन्त्रलाई समेत धराशायी बनाउन सक्छ, तपाइको विश्लेषण ले के भन्छ?

होटल व्यवसाय र पर्यटन क्षेत्र त वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख श्रोत हो यसलाई त बचाउनु पो पर्छ। यसरी बैंकले सम्पति लिलामीको नाउँमा कब्जा गर्दै गयो भने भोलि सम्पति मात्रै थुप्रिदै गयो भने बैंक आफै अफ्ट्यारोमा पर्नसक्छ।

मुख्य समस्या नै यहीं नै हो, जब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थाल्यो व्यवसायीहरु उत्साही भएर करिब ८० अरब भन्दा बढी लगानी गरे तर अहिले २७ महिना एयरपोर्टमा उडान नहुँदा अब त्यो लगानी संकटमा पुगेको छ। व्यवसायीहरुले सबै लगानी आफैले गर्नसक्ने पनि होइन सबैले बैंकबाटै लोन लिएर आफ्नो-आफ्नो प्रोजेक्ट अगाडी बढाए तर सुनसान एयरपोर्ट भइदिंदा पर्यटकको अभावमा संचालनमा रहेका होटलहरु घाटामा गए। ऋण तिर्नै धौ-धौ पर्ने अवस्था उल्टो सृजना भयो, उता निर्माणको क्रममा रहेका होटलहरु पनि धमाधम निर्माण रोक्न र पलायन हुन् बाध्य भए। अहिले को १०/ २० प्रतिशतको अकुपेन्सी रेटले लोन त के एउटा बिजुलीको पैसो तिर्न समेत तिर्न नसक्ने हालत हुन्छ, अहिले पनि कति होटेलहरुको लाइन काटिएको छ। व्यवसायीहरु अहिले सर्वाधिक दवाब र अत्यन्त कठिन अवस्थामा पुगेका छन् । अर्थमन्त्री सँग मैले यसमा पहल गरिदिन र राष्ट्र बैंक सँग एउटा व्यवसायीहरुलाई बच्न सक्ने माहोल बनाईदिन समेत अनुरोध गरेको छु।

अहिले कतिपय व्यवसायीहरूको होटलहरु लिलामी गर्ने, बैंकले आफ्नो नाममा नामसारी गर्ने भइरहेको छ | यो प्रवृतिको अन्त्य र व्यवसायीहरुको संकटको नाजायज फाइदा बैंकहरुले नलिने वातावरण निर्माण गरिदिन हामीले पटक-पटक विभिन्न अर्थमन्त्रीहरु तथा राष्ट्र बैंकमा समेत अनुरोध गरेका छौ। तर यसमा हाम्रो सुनवाई नै हुँदैन | अहिले कै मौद्रिक नीतिलाई हेर्नुस् होटल व्यवसायको विषयमा सम्बोधन समेत गरिएको छैन। यसमा त संवेदनशिल हुनु पर्ने हो राज्य !! होटल व्यवसाय र पर्यटन क्षेत्र त वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख श्रोत हो यसलाई त बचाउनु पो पर्छ। यसरी बैंकले सम्पति लिलामीको नाउँमा कब्जा गर्दै गयो भने भोलि सम्पति मात्रै थुप्रिदै गयो भने बैंक आफै अफ्ट्यारोमा पर्न सक्छ। त्यसैले हामीले सरकारलाई सकारत्मक पहलको अनुरोध गरेका हौ तर सरकार अहिले सम्म मौन छ, के गर्ने ?

समस्या त अहिले नै विकराल छ र समयमै यसको उपयुक्त निकास निकाल्न नसके भोलि यो थप क्रोनिक हुनसक्छ । यस्तो अवस्थामा होटल एसोसिएसन नेपाल र सिद्दार्थ होटल एसोसिएसनले समस्या समधान को लागी के कस्तो पहल गरिरहेको छ ? दुवै संस्था बीच समन्वय कस्तो छ ?

हेर्नुस् म आफै होटल एसोसिएसन नेपालको समेत केन्द्रिय सदस्य हुँ । ‘हान’ ले यो समस्या समाधानको लागि सुरु देखिन नै विशेष पहल गर्दै आइरहेको छ। मोद्रिक नीति मार्फत हामीले मागेको छुट सुबिधाको हाम्रो माग हान मार्फत नै हामीले पटक-पटक अर्थमन्त्री कहाँ, राष्ट्र बैंकमा पुर्याएका छौ। तर सरकार र राष्ट्र बैंकले सधै हामीलाई हुन्छ-हुन्छ भन्ने र चकलेट बाँड्ने मात्र गर्दै आएको छ। यसपटक कै मौद्रिक नीतिलाई हेर्नुस न त्यहाँ निर्माण व्यवसायीहरुलाई जुन व्यवस्था गरियो त्यो किसिमको त हामी होटल व्यवसायीलाई त केहि पनि गरेन। हामीले कर्जा पुनरतालिकाको माग गरेको हो, पैसा तिर्न सक्दैनौ भनेको होइन। भोली टुरिजम बुममा गएपछि त तिर्न सकिहालिन्छ, अहिले पनि कतिपय व्यवसायीहरुले आफ्नो घरबार नै बेचेर समेत ऋण भार घटाई रहेकै छन् , तिर्दीन त कसैले भनेका छैनन्।

प्रोजेक्ट र इण्डस्ट्रि नै धरासायी भएको अवस्था हो, प्रोजेक्टमा लगानी गर्दा बैंकको पनि त रिस्क वेटेज हुन् आउँछ ३०/७० त होला। यहाँ त धेरै होटेल व्यवसायीहरु कालोसुचीमा परेको अवस्था छ। बैंकहरुले होटेल आफ्नो नाममा सकारेका धरै होटलहरु छन् , यो त ज्यादती हो।

एयरपोर्ट बनाएर प्लेन उडाउन नसक्ने सरकार, प्रोजेक्ट भाएबल भनेर लोन दिने बैंक तर फस्ने र डुब्ने र कंगाल हुने चै होटेल व्यवसायी मात्रै। अहिलेकै अवस्थाको टुरिस्ट फ्लो र अकुपेन्सी रेट रहिरहने हो भने भैरहवा लुम्बिनी क्षेत्र कुनै पनि होटलले भोलिका दिनमा ऋण तिर्न सक्दैन । पर्यटक ल्याउन सरकारले विशेष पहल गर्नु पर्यो नीति नियम चुस्त बनाउनुपर्यो, अहिले विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंक तथा व्यवसायी दुवैलाई उपयुक्त निकास दिदै दुवैलाइ जोगाउने बाटोको निर्माण हाम्रो माग हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान नियमित हुने र यसले होटल तथा पर्यटन व्यवसायमा देखिएको वर्तमान सङ्कटको समधान हुँदै जाने तर्फ कत्तिको आशावान् हुनुहुन्छ ?

सरकारले एयरपोर्ट बनाएर मात्र हुँदैन । अन्य पूर्वाधार निर्माणमा समेत लगानी गर्नु पर्यो, लुम्बिनी एउटा मात्र हैन होइन यहाँ एक से एक युनिक टुरिस्ट डेस्टिनेसन, हिल स्टेसनहरु छन् तर हाम्रो रोड कनेक्तिभिटिको आज कुन हविगति छ यसमा सरकारले थप लगानी बढाउने पर्ने हुन्छ।
आशा गरौ यो संयुक्त सरकारले यो हाम्रो राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत चाँडो भन्दा चाँडो संचालनमा ल्याउँछ ।

गत भाद्र १४ सिद्दार्थ होटल एसोसिएसन र उद्योग बाणिज्य संघको आयोजनामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनममन्त्री बद्री प्रसाद पाण्डे सँग हामीले अन्तरक्रिया समेत यही भैरहवामा गरेका थियौ। मन्त्रिद्वयले नै सबै सरोकारवालाहरुलाई अब यो एयरपोर्ट चाँडो भन्दा चाँडो १/२ महिनामै चल्छ भनेर आश्वासन समेत दिनुभएको छ। आशा गरौ यो संयुक्त सरकारले यो हाम्रो राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत चाँडो भन्दा चाँडो संचालनमा ल्याउँछ ।

टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्कटमा रूपन्देहीका होटल, टेन्सनमा बैक !

टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्कटमा रूपन्देहीका होटल, टेन्सनमा बैक !