
ग्राफिक्समा चित्रण गरिएको यो निराशाजनक अवस्था रूपन्देही जिल्लाको भैरहवा, लुम्बिनी क्षेत्रको होटल व्यवसायको हो, यहाँका अधिकांश होटल अहिले घाटमा रहेका छन्, सञ्चालन खर्चको जोहो गर्न समेत धौ:धौ पर्ने नाजुक हालतमा रहेका छन्।
कारण प्रस्ट छ, करिब ४० अरब धनराशि राज्यले लगानी गरेर निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण सम्पन्न भइसकेको २७ महिना बितिसक्दा समेत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान सञ्चालन नगर्नु र यसका लागी नेपाल सरकारले उपयुक्त वातावरणको निर्माण गर्न नसक्नु नै एकमात्र कारण हो।
भैरहवामा सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गरेपछि स्थानीय व्यवसायीहरूले यसको फ्युचर इम्प्याक्ट एनेलाइसिस् गर्दै होटल तथा पर्यटन व्यवसायमा करिब ८० अरब बराबरको लगानी लगाए, आशा थियो बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जिल्लामा रहेको भगवान गौतमबुद्धको जन्मस्थल तथा युनेस्को वर्ल्ड हेरिटेज लुम्बिनी क्षेत्र !!! टुरिस्टको बढी लाग्ने आश नहुने त् कुरै रहेन !!! तर आजको दिनसम्म आइपुग्दा समेत कुनै अन्तर्राष्ट्रिय उडान सञ्चालन नै हुन नसकेपछि व्यवसायीहरूको सपनालाई हुरीले उडाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण आरम्भ भएको अवस्थाबाट आजसम्म आइपुग्दा परिस्थितिले ३६० डिग्रीको टर्न लिइसकेको छ। यहाँको सिद्धार्थ होटल एसोसिएसनमा आवद्ध होटलहरूको संख्या हाल करिब एक सय साठी को हाराहारीमा रहेको छ, जसमध्ये अधिकांश घाटामा सञ्चालन भइहेका छन्। दैनिक ६५०० पर्यटकलाई बासको व्यवस्था गर्नसक्ने यी होटलहरूको अकुपेन्सी रेट निकै न्यून रहेको छ, अकुपेन्सी रेट : लुम्बिनी : क्षेत्रमा १० देखि १२ प्रतिशत तथा भैरहवामा २० देखि २५ प्रतिशतमा सीमित रहेको छ। करोडौँको लगानीमा निर्माण भएका यस्ता होटलमा पर्यटकको खडेरीले गर्दा अहिले यी होटलहरूलाई सञ्चालन खर्च धन्न समेत हम्मे-हम्मे परेको अवस्था छ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ भन्छन् ” सबैले बैंकबाटै लोन लिएर आ-आफ्नो प्रोजेक्ट अगाडि बढाए तर सुनसान एयरपोर्ट भइदिदा पर्यटकको अभावमा सञ्चालनमा रहेका होटलहरू घाटामा गए। ऋण तिर्नै धौ:धौ पर्ने अवस्था उल्टो सृजना भयो, उता निर्माणको क्रममा रहेका होटलहरू पनि धमाधम निर्माण रोक्न र पलायन हुन् बाध्य भए। अहिले को १०/ २० प्रतिशतको अकुपेन्सी रे ले लोन त के एउटा बिजुली को पैसो तिर्न समेत तिर्न नसक्ने हालत हुन्छ, अहिले पनि कति होटलहरूको लाइन काटिएको छ। व्यवसायीहरू अहिले सर्वाधिक दबाब र अत्यन्त कठिन अवस्थामा पुगेका छन्।
एकातर्फ सञ्चालनमा रहेका होटलहरू पर्यटक अभावको कारण रुग्ण हुन् पुगेका छन् भने यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका होटलहरूको समस्या भने झनै विकराल छ। अहिलेको अवस्थामा व्यवसायीहरूलाई आफुले हालसमसम्म होटेलमा गरेको लगानी निल्नु न ओकल्नु भएको छ।
एकातिर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अझैसम्म कुनै अन्तर्राष्ट्रिय उडान सञ्चालन नै हुन् सकेको छैन अर्को तर्फ बैंकहरु अब अहिलेको अवस्थामा थप लगानी नगर्ने रणनीतिमा छन् र चेपुवामा व्यवसायी !!
हाल निर्माणको क्रममा रहेको होटल बुद्ध स्टारका डाइरेक्टर राज कुमार पोख्रेल आफूहरू अन्योलमा परेको बताउँछन, एकातिर बैंकहरु थप लगानी होटल व्यवसायमा गरेर थप जोखिम मोल्ने बिचारमा छैनन् अर्कोतर्फ व्यवसायीहरूको कन्फ़िडेन्स पनि पहिलाको जस्तो नरहेको उनको बिचार छ।

राज कुमार पोखरेल भन्छन् “हाम्रो होटेलको सिभिलको सबै काम सम्पादन भइसकेको छ, अर्थात् कन्स्ट्रक्सन कम्प्लिट भएको अवस्था हो। तर आजको दिन सम्म आइपुग्दा हामी नै अलमलमा छौ, एयरपोर्ट अझै सुनसान छ र हामी समेत पर्ख र हेर को अवस्थामा छौ। अहिलेसम्म हाम्रो एक अरब रुपैयाँ लगानी भइसक्यो, अब थप श्रोत त हामीले एउटा बाटोबाट नभए अर्को बाटोबाट समेत जुराएर होटल त सञ्चालन गर्नैपर्छ, टुरिस्ट हामीले ल्याउनै र्छ। यसको लागि अझै थप फिनिसिङ मै ७० करोड जति लाग्ने निश्चित छ र थप मार्केटिङ तथा अन्य सञ्चालन खर्च त हामीले जुटाउनु नै पर्ने हुन्छ, हामीसँग यस बाहेक विकल्प समेत छैन।

होटल निर्माणका क्रममा प्रतिबद्धता गरिएको ब्याजदरमा ठुलो वृद्धि बैंकले गरेको, रिशेडुलिङ्ग सुभिधा नदिने, कालोसुचीमा राख्ने लगायत सम्पत्ति लिलाम गर्नेजस्ता कार्य बेंकले गर्दैआएको छ यसले हाम्रो मनोबल गिराउने काम भएको छ : होटल व्यवशायी समूह
रूपन्देही जिल्लाको भैरहवा, लुम्बिनी क्षेत्रको होटल व्यवसायको पहिलो समस्या गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानबिहिन र पर्यटकबिहिन हुनु भयो र यसले बाध्यकारी घाटाको अवस्थामा होटलहरु पुग्न बाध्य भए। अर्कोतर्फ आजको दिन बैंक व्यवस्थापन , साँवा ब्याजको भुक्तानीव्यवाशयिहरुको अहिलेको अर्को टाउको दुखाइ बनेको छ। होटल निर्माणका क्रममा प्रतिवद्धता गरिएको ब्याजदरमा ठूलो वृद्धि बैंकले गरेको, रिशेडुलिङ्ग सुभिधा नदिने, कालोसुचीमा राख्ने लगायत सम्पत्ति लिलाम गर्ने जस्ता कार्य बेंकले गर्ने गरेको होटल व्यवशायीहरु बताउँछन् । सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ भन्छन् – “अहिले कतिपय व्यवसायीहरूको होटलहरू लिलामी गर्ने, बैंकले आफ्नो नाममा नामसारी गर्ने भइरहेको छ | यो प्रवृतिको अन्त्य र व्यवसायीहरूको सङ्कटको नाजायज फाइदा बैंकहरुले नलिने वातावरण निर्माण गरिदिन हामीले पटक-पटक बिभिन्न अर्थमन्त्रीहरू तथा राष्ट्र बैंकमा समेत अनुरोध गरेका छौ। तर यसमा हाम्रो सुनवाई नै हुँदैन |अहिले कै मौद्रिक नीतिलाई हेर्नुस् होटल व्यवसायको विषयमा सम्बोधन समेत गरिएको छैन। यसमा त संवेदनशिल हुनुपर्ने हो, राज्यमा होटल व्यवसाय र पर्यटन क्षेत्र त वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख श्रोत हो यसलाई त बचाउनु पो पर्छ। यसरी बैंकले सम्पत्ति लिलामीको नाउँमा कब्जा गर्दैगयो भने भोलि सम्पत्ति मात्रै थुप्रिँदै गयो भने बैंक आफै अप्ठ्यारोमा पर्न सक्छ। त्यसैले हामीले सरकारलाई सकारात्मक पहलको अनुरोध गरेका हौ , तर सरकार अहिलेसम्म मौन छ, के गर्ने ?

बैंकले ज्यादती गरेको सन्दर्भमा बैंकर्सहरू भने फरक मत राख्दछन् | बैंकले वस्तुस्थिति अनुरूप लचक भएर होटल व्यवसायीहरूलाई रिशेडुलिङ्ग लगायत अन्य सुविधा प्रदान गरिरहेको बैंकर्सहरू बताउँछन् । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक तथा प्रभु बैंकका प्रमुख प्रदेशअधिकारी सुवास कुँवर बैंकहरुले व्यवसायीले चाहेको सहयोग प्रदान गर्दै आइरहेको बताउँछन् । जेन्युइन व्यवसायीहरूको जेन्युइन समस्या त समधान गर्ने नै गर्छ, हाम्रो प्रभु बैंकमै लोन भएका व्यवसायीहरू जातिले रिशेडुलिङ्गको सुविधा मागे तिनलाई रिशेडुलिङ्गको सुविधा प्रदान गरिएको कुँवरको भनाइ छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएपछि भैरहवा आसपासको क्षेत्रमा घर-जग्गाको मूल्यमा समेत ठूलो उछाल आएको थियो, बैंकहरुले समयमै यो बबलको बिषय मा सचेत पनि गराउँदै आएका थिए | बैंक कर्जाको दुरुपयोग घर-जग्गा खरिद-बिक्रिमा समेत भएको बेंकरहरुको अनुमान रहेको छ | कुँवर भन्छन् जेन्युइन व्यवसायीहरूमा खासै समस्या छैन तर यस्तो बैंक कर्जाको दुरुपयोग गर्ने केही व्यवसायीहरू भने अहिले ठुलो सङ्कटमा अवश्य परेको छन् र यसलाई त कन्सिडर गर्ने कुरो पनि भएन |

सबै व्यवशायीले बैंकको सहयोग नपाएको समेत होइन, लुम्बिनीको पहिलो पाँचतारे होटल पवन प्यालेसका संचालक पवन कुमार हलुवाई कोभिड महामारीपछि आफ्नो होटल निक्कै अफ्ट्यारोमा पुगेको बताउछन् | यधपी हाल इन्ट्रेस्ट क्यापिटलाइज गरेर एडजस्टमेन्ट गरेका छन् , तर यसले अहिले लोन फेरि बढेको छ, करिब १५० करोड जति होला भन्छन् | यसले गर्दा दबाव त हुने ने भो, यदि छिटो एयरपोर्ट सञ्चालनमा आयो भने त होला नत्र एकदम गाह्रो अवस्था हुने निश्चित छ। व्यवशायीहरुको कन्फ़िडेन्सको लेभल यहिबाट समेत अनुमान गर्न सकिन्छ, बिजनेस छैन, बिजनेस जोगाउन थप लोन लिनुपर्ने बाध्यता र एयरपोर्ट संचालन समयमै नभए ऋणको बोझमा थालिने निश्चित, अहिले रुपन्देहीका व्यवशायीहरुको तनाव यस्तै-यस्तै छन् सबै ब्यबसायी ले बैंक को सहयोग नपाएको समेत होइन, लुम्बिनीको पहिलो पाँचतारे होटल पवन प्यालेस का संचालक पवन हलुवाई कोभिड महामारी पछि आफ्नो होटल निक्कै अफ्ट्यारो मा पुगेको बताउछन | यधपी हाल इन्ट्रेस्ट क्यपिटलाइज गरेर एडजस्टमेन्ट गरेको छन तर यसले अहिले लोन फेरी बढेको छ, करिब १५० करोड जति होला भन्छन | यसले गर्दा दबाब त हुने ने भो, यदि छिटो एयरपोर्ट सञ्चालन मा आयो भने त होला नत्र एकदम गाह्रो अवस्था हुने निश्चित छ। ब्यबसायीहरु को कन्फ़िडेन्स को लेभल यहि बाट समेत अनुमान गर्न सकिन्छ, बिजनेस छैन, बिजनेस जोगाउन थप लोन लिनु पर्ने बाध्यता र एयरपोर्ट संचालन समयमै नभए ऋण को बोझ मा थालिने निश्चित, अहले रुपन्देहीका ब्यबसायीहरु को तनाव यस्तै यस्तै छन् |
“प्रोजेक्ट र इण्डस्ट्रि नै धरासायी भएको अवस्था हो, प्रोजेक्टमा लगानी गर्दा बैंकको पनि त रिस्क वेटेज हुन् आउछ ३०/७० त होला। यहाँ त धेरै होटेल व्यवशायीहरु कालोसुचीमा परेको अवस्था छ। बैंकहरुले होटेल आफ्नो नाममा सकारेका धरै होटलहरु छन् , यो त ज्यदती हो। एयरपोर्ट बनाएर प्लेन उडाउन नसक्ने सरकार, प्रोजेक्ट भाएबल भनेर लोन दिने बैंक तर फस्ने र डुब्ने र कंगाल हुने चै होटेल व्यवशायी मात्रै? ” प्रश्न गर्दछन् सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ | हालको समस्या मौद्रिक नीतिको मध्यमबाट राष्ट्र बैंकले प्रदान गर्नुपर्ने तर्क सिद्धार्थ होटल एसोसिएसनको छ |
अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ भन्छन् – “हेर्नुस म आफै होटल एसोसिएसन नेपालको समेत केन्द्रिय सदस्य हुँ । “हान” ले यो समस्या समाधानको लागि सुरु देखिन नै विशेष पहल गर्दै आइरहेको छ। मोद्रिक नीति मार्फत हामीले मागेको छुट सुविधाको हाम्रो माग हान मार्फत नै हामीले पटक-पटक अर्थमन्त्री कहाँ, राष्ट्र बैंकमा पुर्याएका छौ। तर सरकार र राष्ट्र बैंकले सधै हामीलाई हुन्छ-हुन्छ भन्ने र चकलेट बाँड्ने मात्र गर्दै आएको छ। यसपटक कै मौद्रिक नीतिलाई हेर्नुस न त्यहाँ निर्माण व्यवशायीहरुलाई जुन व्यवस्था गरियो त्यो किसिमको त हामी होटल व्यवशायीहरुलाई त केहि पनि गरेन। हामीले कर्जा पुनरतालिकाको माग गरेको हो, पैसा तिर्न सक्दैनौ भनेको होइन। भोली टुरिजम बुममा गएपछि त तिर्न सकिहालिन्छ, अहिले पनि कतिपय व्यवशायीहरुले आफ्नो घरबार बेचेर समेत ऋणभार घटाई रहेकै छन् , तिर्दीन त कसिले कसैले भनेका छैनन्।”

राष्ट्र बैंकको बुझाइ भने यस सन्धर्भमा फरक रहेको छ | लुम्बिनी प्रदेशमा अहिलेको सङ्कटका बाबजुद पर्यटन क्षेत्रमा गत पौष मसान्त सम्ममा २३ अरब १८ करोड कर्जा लगानी भएको तथ्याङ्क राष्ट्र बैंकको छ | नेपाल राष्ट्र बैंक, लुम्बिनी प्रदेश इकाईका निर्देशक विज्ञान राज सुवेदी भन्छन् – “अहिलेको अवस्थामा समस्या गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना क्षेत्र जस्तै भैरहवा, लुम्बिनी लगायतको भेगमा मात्र केही समस्या रहेकोले मौद्रिक नीतिले यसलाई तोकेरै सम्बोधन नगरेको हुनु पर्क्ष तर टुरिजम सम्बन्धी केही पोलिसी मौद्रिक नीतिमा समावेश भएकै छ। साथै लोन रिशेडुलिङ्ग सम्बन्धी राष्ट्र बैकको पहिले नै एकीकृत निर्देशन मै व्यवस्था छ। बैंक, वित्तिय संस्थाले यसको पहिचान गर्न सक्ने र प्रदान गर्न सक्ने प्रावधान छ। के कारणले समस्या देखिएको हो नियतवश हो अथवा परिस्थितिजन्य हो, होटेल सञ्चालन गर्न भनेर कर्जा लिएर अन्त दुरुपयोग गरेर नतिरेको हो, अथवा आम्दानी हुँदाहुँदै समेत नतिरेको हो यसको निर्क्योल बैङ्कहरूले आफै गर्छन् र हो भने विलफुल डिफल्टर भएको अवस्थामा रिकभरीमा लैजाने कानुनी प्रक्रिया अलग हुन्छ। अब परिस्थितिजन्य अवस्था हो भने जुन टुरिस्ट फ्लो नभएर जसको क्यास फ्लो रोकिएको छ भने व्यवसायीले आफ्नो नयाँ प्लान देखाएर लोन रिस्ट्रक्चरिङ्ग, रिशेडुलिङ्ग गर्न सक्ने व्यवस्था त कायमै छ र जुन कार्य बैंकहरुले गरिरहेकै अवस्था छ।
बैंक व्यवशायी सबैको एउटै चाहाना : एयरपोर्ट संचालनमा आओस्
लोन रिशेडुलिङ्ले राहत त प्रदान गर्न सक्छ तर यो स्थाई समस्या समाधानको उपाय अवस्य होइन | वर्तमान रुपन्देही होटल क्राइसेसको एउटै मात्र समधान हो इन्टरनेसनल फ्लाइटले गुल्जार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल | हालको नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले विमानस्थल संचालनमा ल्याउन विशेष प्रयास समेत अगाडी बढाएको छ | पर्यटनमन्त्री बद्रि पाण्डेले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी प्रतिनिधिहरुसँगको छलफलमा सरकारको तर्फबाट प्रदान गरिने छुट सुविधाका सम्बन्धमा चर्चा समेत गरिसकेको तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको धारणा समेत सकरात्मक आएको छ | प्रधानमन्त्री केपी शर्मा ओली आफैले समेत उडान संचालन गराउन विशेष पहल गर्नुभएको देखिन्छ |
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष, चन्द्रप्रकाश श्रेष्ठ भन्छन् गत भाद्र १४ सिद्दार्थ होटल एसोसिएसन र उद्योग वाणिज्य संघको आयोजनामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनमंत्री बद्री प्रसाद पाण्डेसँग हामीले अन्तरक्रिया समेत यही भैरहवामा गरेका थियौ। मन्त्रीद्वयले नै सबै सरोकारवालाहरुलाई अब यो एयरपोर्ट चाँडो भन्दा चाँडो १/२ महिनामै चल्छ भनेर आश्वासन समेत दिनुभएको छ। आशा गरौ यो संयुक्त सरकारले यो हाम्रो राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत चाँडो भन्दा चाँडो संचालनमा ल्याउँछ। नेपाल सरकार तथा पर्यटन क्षेत्रका सरोकारवालाहरु लगायत नागरिक उड्डयन प्रधिकरण तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको संयुक्त प्रयासद्वारा यसपटक शायद अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुद्वारा निकट भविष्यमै उडान सुचारु हुने र यसले लुम्बिनी प्रदेशको पर्यटनमा उत्साहाजनक परिवर्तन ल्याउने विश्वाश गर्न सकिन्छ |
– लभेश प्याकुरेल \ मिहिर सरकार



