विप्रेषणको अर्थतन्त्रमा ठुलो योगदान भए अनुरुप सरकारको यसपालिको मौद्रिक नीतिले पनि युवालाई विदेशिन प्रोत्साहन गरेको छ ।
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकालाई विनाधितो ऋण दिने भएको छ ।
शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई विनाधितो ऋण दिने व्यवस्था गरेको जानकारी दिएको हो ।
यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितता गर्नुपर्ने सर्त रहेको छ ।
यसबारे सार्वजनिक मौद्रिक नीतिमा उल्लेख गरिएको छ, ‘बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
तर विदेशमा रोजगारीका नाममा ज्यान गुमाउने नेपाली युवाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक हजार ३४६ नेपाली युवाको विदेशमा मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । यो त आधिकारिक मात्र हो , अझै कतिपय चोर बाटो हुँदै रोजगारीमा गएका मध्ये कतिको मृत्यु भएर पनि सरकारी जानकारीमा नआएको हुनसक्छ ।
यस अवधिमा दैनिक औसतमा चार जना नेपालीको शव स्वदेश फर्किएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आवमा सात लाख ४३ हजार ५९५ नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । यस अवधिमा दैनिक औसतमा चार जना नेपालीको शव स्वदेश फर्किएको छ । पर्याप्त तालिम, सीप र सुरक्षाको ग्यारेन्टी नगरी युवालाई विदेश पठाइने प्रवृत्तिले यस्तो अवस्था आएको हो । सरकारले यस विषयमा गम्भीर भएर काम गर्नुपर्ने देखिन्छ । सरकारले विप्रेषणलाई टेकेर अर्थतन्त्र चलाउनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्ने टड्कारो आवस्यकता देखिएको छ ।
यो पनि :
हजारौँ युवाको बलिदान अनि दिनहुँ फर्किने रातो बाकसमा टिकेको अर्थतन्त्र



