आज प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने छन |

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ ।

आइतबार ओलीले संसदमा १८८ जना सांसदको विश्वासको मत पाएका थिए । यस्तै विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरेका थिए ।

ओलीलाई विश्वासको मत दिने दलहरू

सरकारमा रहेका

नेपाली कांग्रेस (सांसद सङ्ख्या- ८८)

नेकपा एमाले (सांसद सङ्ख्या- ७८)

जनता समाजवादी पार्टी (सांसद सङ्ख्या- ७)

लोकतान्त्रिक समाजवादी पार्टी (सांसद सङ्ख्या- ४)

सरकारलाई समर्थन गरेका

जनमत पार्टी (सांसद सङ्ख्या- ६)

जनता समाजवादी पार्टी नेपाल (सांसद सङ्ख्या- ५)

नागरिक उन्मुक्ति पार्टी (सांसद सङ्ख्या- ४)

स्वतन्त्र (सांसद सङ्ख्या- २)