काठमाडौं : कुवेत सँगको खेलको पूर्व सन्ध्यामा अनुशासनको कारवाहीमा परेका खेलाडीहरुले सागमा पनि खेल खेल्न नपाउने भएका छन्।
विश्वकप छनोटको समूह चरणको कुवेतसँगको खेल अघि नाइटक्लब गएको पुष्टि भएसँगै अखिल नेपाल फुटबल संघ(एन्फा)ले फुटबलर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कुवेतसँगको खेलमा सहभागी गराएको थिएन।
त्यसअघि नै दक्षिण एसियाली खेलकुदमा फुटबलका लागि टिम घोषणा गरिएको थियो जसमा विमल घर्ती मगर, दिनेश राजबंशी र अन्जन विष्टको नाम समावेश थियो।

तर, एन्फाले अनुशासनका कारवाही गरिरहँदा ती तीन खेलाडीले गृहमैदानमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागिता हुनबाट पनि चुकेका हुन्।
