हङकङ : हङकङमा सम्पन्न स्थानीय निर्वाचनमा चीन समर्थित सत्तारुढ पार्टी पराजित भएको छ। आइतवार भएको निर्वाचनमा स्वतन्त्रता पक्षधर नेताहरुले जिल्ला परिषद्को निर्वाचनमा अत्याधिक सिट जितेको सीएनएले जनाएको छ।
६ महिनायता हङकङ सरकार विरुद्ध भइरहेको प्रदर्शनबीच भएको निर्वाचनमा आन्दोलनकारी पक्षका नेताहरुको १८ जिल्ला मध्ये १७ जिल्लामा जित हासिल गरेका छन्। ४५२ सिटका लागि भएको निर्वाचनमा स्वतन्त्रता पक्षधरका नेताहरुले २७८ भन्दा बढी सिट जितेको बताइएको छ। सन् २०१५ मा भएको निर्वाचनमा चीन जिल्ला परिषदमा चीन समर्थित पार्टीको बहुमत थियो। । यसपटको निर्वाचनमा २०१५ मा भएको निर्वाचन भन्दा धेरै संख्यामा हङकङवासीहरु मतदान केन्द्र पुगेर मतदान गरेको बताइएको छ।आन्दोलनकारीहरुले निर्वाचनबाट बेइजिङलाई हङकङको चाहना बारे स्पष्ट गर्ने भन्दै निर्वाचनमा सहभागी हुने घोषणा गरेका थिए। स्वतन्त्र हङकङ पक्षधरका नेताहरुले निर्वाचनमा अवरोध नपुर्याउन आग्रह गरेका थिए। उनीहरुले निर्वाचनबाट हङकङवासीले बेइजिङलाई ‘महत्वपूर्ण सन्देश’ दिएको अभिव्यक्ति दिएका छन्।यस जितसँग जिल्ला परिषदका सदस्यको संख्याका आधारमा आन्दोलनकारी उम्मेदवारहरुलाई हङकङको कार्यकारी प्रमुख छनौट गर्ने समितिमा बस्ने बाटो खुलेको छ। त्यसैले यो विजयीलाई उनीहरुले ‘ऐतिहासिक जित’ को संज्ञा दिएका छन्।हङकङमा भएको निर्वाचनको परिणामबाट चीनले हङकङ प्रतिको धारणामा परिवर्तन गर्ने संकेत देखिएको बताइएको छ।
