खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्रीलाई हतकडी लगाउने इटहरीका मेयरको चेतावनी

विविध

इटहरीका मेयर द्वारीकालाल चौधरीले बन्दाबन्दीका बेला खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाउनु पर्ने जनाएका छन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।

एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता नभए संघीय गणतान्त्रको जनता भएको बताए । लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए ।

कसैले मुद्धा हाले सरकारलाई मुद्धा लाग्ने बताएका छन् । यो भनेको पंचालयको जनता होइन, यो बहुदलकालको जनता पनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो, त्यसैले भन्छु, ए सरकार तिमिले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ ।

खाद्य सम्प्रभुताको हत संविधानमा छ, कसैले मुद्धा दियो भने सरकारलाई मुद्धा लाग्छ । कोरोनाभाइरसले मरेको भने त ठिकै छ, करेन्ट लागेर म,रेको भए पनि ठिकै छ, पानी डुबेर, एक्सिडेन्ट भएर मरेपनि ठिकै छ तर खान नपाएर मरेको छ भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ ।

तपाईले लगाएको लकडाउनमा खान नपाएर मर्यो हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ । छलफलको क्र,ममा धा,रणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सर,कारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताए ।

उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वा,स्थ्य परीक्षणको गर्न सम,स्या भएको बताए । चौधरीले सुनसरीमा खाद्यन्नको लागि स,मस्या नभएको समेत बताए ।

(साहारा संदेशबाट)