भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

विविध

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् ।  संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् ।