अभिषेक बच्चन एक महिनापछि डिस्चार्ज

विविध

अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि  डिस्चार्ज भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो ।  त्यस्तै अमिताभ, ऐश्वर्या र आरध्या पनि कोरोना जितेर घर फर्किसकेका छन् ।