भारतमा विमान दुर्घटना

विविध

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ। आज राति केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो।

रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको छ र आगलागी पनि भएको  हिन्दूस्तान टाइम्सले जनाएको छ। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्स त्यहाँ पुगिसकेका छन्। केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा त्यहाँको समयअनुसार सात बजेर ४५ मिनेटमा दुर्घटना भएको हो। क्षतिको विवरण अझै आइसकेको छैन। विमानमा चालक दलका सदस्यसहित १९१ जना थिए।