पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।
उनका अनुसार मृतक ती पुरुषलाई १७ साउनमा ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
