चीनले लद्दाख नजिकै तैनाथ गर्यो परमाणु मिसाइल !

विविध

भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा विवाद झनै बढ्दै गईरहेको छ । गत १५ जूनमा भएको हिंसात्मक झडप पछि विवाद तनावपूर्ण भईरहेको छ । उक्त हिंसात्मक झडपमा भारतका २० जना सैनिकले ज्यान गुमाएका थिए । उक्त झडप पछि भारत र चीन दुबै देशले सैन्य शक्ति पछिल्लो समयमा बढाईरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले लद्दाखमा ६०० किलोमिटर टाढा परमाणु मिसाइल तैनाथ गरेको छ । रिपोर्टका अनुसार चीनले डीएफ २६२१ नामको मिसाइल तैयारी अवस्थामा राखेको हो । यो दृश्य स्याटेलाइटबाट देखिएको हो ।

यो चीनको सिंजीयाङ्ग प्रान्तको कोर्ला आर्मी बेस क्याम्पमा तैनाथ छ । यो मिसाईल चीनलेपहिलो पटक सन् २०१८ मा तैनाथ गरेको थियो । त्यसपछि सन् २०१९ मा तैनथ गरेको थियो । त्यो बेला चीनको पश्चिमोत्त्तरु पठारी इलाकामा यो तैनाथ गरिएको थियो । यो मिसाईल एकदमै खतरनाक भएको विज्ञहरुले बताएका छन् । यसले ४ देखि ५ हजार किलोमिटर टाढासम्म निशाना साँध्न सक्छ । यसाई गुआम किलर पनि भन्ने गरिन्छ । चिनियाँ नौसेनाले पहिलो पटक यो सन् २०१५ मा तैनथ गरेको थियो ।

एजेन्सीको सहयोगमा