केयर बालगृहबाट ११ बालबालिकाको उद्दार

विविध

केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालवालिकाको उद्धार गरेको हो । सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालवालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका बालबालिकालाई  सररकारको अस्थायी संरक्षणमा राखिएको छ ।

केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानिलकण्ठ नगरपालिकासँगको समन्वयमा ११ बालबालिकाको उद्धार गरेको जनाएको छ । ‘शिशु चउर भटियो’ भनेर पुष्पाले प्रचार गरेपछि विदेशबाट सहयोग जुटेको थियो । तर, खाडी मुलुकबाट फर्केकी एक महिलाले अस्पतालमा शिशु जन्माएर पालन पोषणका लागि केयर बालगृहमा जिम्मा लगाएकी थिइन् । पुष्पाले ‘बेवारिसे देखाउनुपर्ने’ कानुनी अड्चनका कारण सो नाटक गर्नुपरेको प्रहरीलाई बताएकी छिन् ।