२०८२ कार्तिक ११

किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

instakhabar
सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।    

South China Sea मा अमेरिकी सेनाका हेलिकप्टर र युद्धक विमान दुर्घटनाग्रस्त

instanewsdesk
एजेन्सी - South China Sea (दक्षिण चीन सागरमा) अमेरिकी नौसेनाका एक हेलिकप्टर र F/A-१८F Super Hornet fighter jet युद्धक विमान अलग–अलग घटनामा दुर्घटनाग्रस्त भएका छन्। यी दुवै दुर्घटना अक्टोबर २६ को दिउँसो भएका हुन्। अमेरिकी पैसिफिक फ्लीटका अनुसार स्थानीय समयानुसार दिउँसो करिब २:४५ बजे ‘ब्याटल क्याट्स’ MH-६०R Sea Hawk helicopter नियमित प्रशिक्षणका क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको हो। साथै ३:१५ बजे F/A-१८F Super Hornet fighter ‘Fighting Redcocks’ of Strike Fighter Squadron (VFA) २२ पनि नियमित उडानमा रहेका बेला दक्षिण चीन सागरमै खसेको बयानमा उल्लेख गरिएको छ। दुवै दुर्घटनामा संलग्न पाँचैजनालाई अधिकारी तथा क्रूमेम्बरहरु लाई छिटो उद्धार गरिएको तथा सबै सुरक्षित अवस्थामा...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

instakhabar
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

१० संस्थापक सेयरधनीहरुको प्रभु बैंकलाई गुडबाई, ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा

instanewsdesk
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५...

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

instanewsdesk
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’ प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व सरकारमाथि रहेको बताइन् । उनले सबै पक्षलाई परिस्थितिको...

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

instanewsdesk
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्‍तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य  दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’ छठ पर्वको अवसरमा आज एक...

राजनीति

अर्थ

अन्तरास्ट्रिय

मनोरंजन

समाचार

स्वास्थ्य-शिक्षा

खेलकुद

रोचक