

सधैँ हुने जुलुस, सभा, अन्दोलान्भंदा फरक देखियो आजको गुठि बिधेयक खारेजी बिरुद्धको आन्दोलन , एक त धेरै पछि कुनै आन्दोलनमा स्वस्फुर्थ रुपमा कुनै पार्टीको झन्डा नबोकी , नेपालको झन्डा बोकी गरिएको आन्दोलन थियो। त्यसमाथि कुनै जाति, धर्म र सम्प्रदायको मात्रै प्रतिनिधित्व हैन कि लगभग काठमाडौँ उपत्यका नै उत्रिएको आन्दोलन। अझै सुन मा सुगन्ध त बिरोध सभा सकिदै गर्दा देखियो। प्रायजसो यस्ता जुलुस, आन्दोलन सकिन्छ , आन्दोलनकारीले गरेका फोहर, पर्चा, पम्प्लेट, पानीका बोतल यात्रा तत्र देखिने गर्थ्यो , तर आज को आन्दोलन फरक रह्यो। आन्दोलनमा सहभागीहरु जसरि स्वस्फुर्थ रुपमा आन्दोलनमा आएका थिए त्यसरी नै नेपाल साइकल सोसाईटिको अगुवाइमा आन्दोलनमा भएका फोहर आफै सफा गर्दै थिए। सबै नेपालीमा यसरि नै सरसफाई प्रति जिम्मेर्वारी बोध हुने हो भने, नेपाल कति सफा हुन्थ्यो होला। जे होस् आन्दोलन पछि को सरसफाई अभियानलाई हाम्रो सलाम छ। एस्तो पो आन्दोलन।

