
काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको आरोपबारे छानबिन गर्दा सचिव झाले ६३ लाख एक हजार ७७१ बराबरको अनियमिततता गरेको पाइएको आयोगले जनाएको छ ।
सरकारी स्रोतबाट प्राप्त भएको रकम बदनियत राखी हिनामिना गरेको पाएकाले बिगो असुल गरी कैद सजायको समेत माग गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

(यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।)
