२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही

समाचार

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९६, हर्न निषेधमा ९, अवस्था ठिक नभएको १७ र अन्यमा ५४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।