२०८३ मंसिर ५

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

Headlines राजनीति

जनकपुर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएको छ ।

शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दल लाई नेतृत्व गर्न दिइएको हो ।