विश्व टेलिभिजन दिवस मनाइँदै

समाचार

काठमाडौं । आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २१ यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१÷२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो ।

टेलिभिजनलाई जनमत निर्माण गर्ने, सर्वसाधारणसम्म सूचना तथा समाचार प्रवाह गर्ने र सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावशाली सञ्चारमाध्यमका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले यस दिवस मनाउने निर्णय गरेको हो ।