२०८३ कार्तिक २८

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

राजनीति

काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् ।

भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

बहुआयामिक 🇮🇳🇳🇵 साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरिएको पनि दूतावासले जनाएको छ ।