काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले ग्राहक तथा सेवाग्राहीको विश्वासलाई अझ मजबुत बनाउँदै स्मार्ट, आधुनिक र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई अवलम्बन गर्दै आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
हाल बैंकले देशभरका १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आम नागरिकको विश्वास र भरोसालाई आफ्नो उपलब्धिको आधार मानेको बैंकले आगामी दिनमा पनि सेवाको गुणस्तर अभिवृद्धि गर्दै पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
यसअघि असोज २२ गते सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।



