काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरि र चौथो नम्बरका ब्याटर इशान पाण्डेको बलियो साझेदारीप्रेरित नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई सहजै हराएको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले दिएको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमल चार विकेट गुमाएर १६.५ ओभरमै भेट्टायो । ऐरि र इशानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।
सातौं ओभरको तेस्रो बलमा सुदूरपश्चिमले ओपनर सैफ जैबलाई गुमाएको थियो । त्यसपछि इशान क्रिजमा आएका थिए । १६औं ओभरको तेस्रो बलमा मेहदी हसनको बलमा एलबिडब्लुको शिकार बनेका इशानले कूल ३७ रन जोडे ।
ऐरिले जितका लागि चार रन आवश्यक रहेको बेला छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई दुई अंक दिलाए । उक्त प्रहारसँगै उनले आफ्नो अर्धशतकसमेत पूरा गरे । ३६ बलमा ऐरिले चार चौका र दुई छक्कासहित ५१ रनको पारी खेले ।
यसबाहेक ब्रान्डन म्याकमुलनले २२ र जैबले १५ रनको योगदान गरे ।



