काठमाडौंः राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ ।



