हानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर महानवमीका दिन खुला गरिएको छ।

मन्दिर खुला भएसँगै दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। बडादशैंको महानवमीका अवसरमा तलेजु भवानीको दर्शन गर्न पाउनु धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्वपूर्ण मानिन्छ।




