काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए । उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे ।
उनले भने, ‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा मैले हेरिरहेको छु । कांग्रेस विभान हुने यो हल्ला मात्र हो, कांग्रेस विभाजन हुँदैन । विभाजन नै भए पनि एक क्षणिक मात्रै हुन्छ ।’
उनले कांग्रेस विभाजन हुने चर्चा केवल हल्ला भएको दाबी गरे । उनले विभाजन भइहाले पनि त्यो क्षणिक मात्रै हुने बताए ।
महर्जनले नेताहरूबीचको असन्तुष्टि केही समयपछि अन्त्य भएर पुनः एकता हुने बताए ।



