आजदेखि जितिया पर्व सुरु

Headlines संकृति - सम्पदा

काठमाडौं । नेपालका विभिन्न क्षेत्रहरूमा अनेकौँ चाडपर्व, रीतिरिवाज तथा संस्कृतिको विविधता रहेको छ ।

मधेशमा खासगरी मैथिलीभाषीबहुल क्षेत्रमा मनाइने यस्तै एक विशिष्ट पर्व हो जितिया । तीन दिने यो पर्व आजदेखि मनाउन सुरू भएको छ ।

मिथिला–मधेस क्षेत्रमा मनाइने पर्वहरूमध्ये जितिया एक प्रमुख पर्व हो । यो पर्वमा व्रत बस्ने परम्परा छ ।

व्रत वस्दा सन्तान प्राप्ति, सन्तानको दीर्घायु, निरोगी स्वास्थ्य र सन्तानप्रतिको अगाध ममतासँग जोडिएको एउटा कठोर पर्व हो। यो पर्व प्राचीन समयदेखि नै महिलाहरूले गर्दै आइरहेका छन्।

यस वर्ष आज षष्ठी तिथिका दिनदेखि महिलाहरूले यो व्रत विधिपूर्वक सुरु गरेका छन्। आज पोखरी वा तलाउमा नुहाएर विधिपूर्वक पर्वको प्रक्रिया सुरु हुनेछ र शनिबार अष्टमी तिथिसम्म निराहार रहेर यो पर्व नवमी तिथिका दिन सम्पन्न हुनेछ।