भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री शाहसँग विदाई भेट

Headlines राजनीति

काठमाडौं , नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ।

नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

श्रीवास्तव नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएको हो।