काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न २८औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आगामी असोज २८ गते बिहान ११ बजे पोखरास्थित होटल पोखरा ग्रान्डमा साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावअनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
यसअनुसार बैंकले कुल ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यस्तै, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पनि पारित गर्नेछ।


