काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा ४६, लेन क्रसमा ७४, अवस्था ठिक नभएको ४०, एकतर्फीमा ११ र अन्यमा ६५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


