आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

जलवायु परिवर्तन समाचार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।