राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

Headlines समाचार

काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो ।

कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो ।

विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।