काठमाडौं , सानिमा बैंक लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत उक्त रकम उपलब्ध गराउने जनाएको छ।
भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।

बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।


