काठमाडौं , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ अन्तर्गतको कसूर सम्बन्धमा अनुसन्धानका क्रममा **हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी उपासना पौडेललाई पक्राउ गरेको** छ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त पत्र तथा सम्बन्धित विषयमा गरिएको अनुसन्धानका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको जनाएको छ।
बीमा ऐन, २०७९ अन्तर्गत भएको कसूरमा संलग्न रहेको आरोपमा पौडेललाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी पौडेलमाथि उक्त कसूर सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


