काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज र सस्तो ब्याजदरमा घर तथा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने उद्देश्यले घर कर्जा (होम लोन) र सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष कायम गरिएको छ।
यस योजनामा कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दर (एभरेज बेसरेट) मा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको बैंकले जनाएको छ।

घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भार र घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले यो कर्जा लिन सक्नेछन्। योजना देशभरका बैंकका ३०० शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।
त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी अटो लोन योजना पनि सार्वजनिक गरिएको छ। यसअन्तर्गत अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध हुनेछ।
अटो लोनमा पनि कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर एभरेज बेसरेटमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ।
बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई सहज रूपमा सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।
प्रभु बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ।
घर तथा सवारी कर्जा योजनाबारे थप जानकारीका लागि ग्राहकले नजिकको प्रभु बैंक शाखा वा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्। बैंकले आफ्नो वेबसाइटमार्फत पनि योजनाको विवरण उपलब्ध गराएको जनाएको छ।


