देउवा समूहको राष्ट्रिय भेला आजदेखि, शशांकको संयोजकत्वमा ३ दिन चल्ने

Headlines राजनीति

पाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् ।

उनले नै भेला उद्घाटन गरेका छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।