काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। साथै, श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत अदालतमा पेस गर्न आदेश दिएको छ।
श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार भएको सुनुवाइका क्रममा न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो।
इजलासले श्रेष्ठलाई पक्राउ गर्नुको कारण तथा पक्राउका क्रममा प्रहरीले बरामद गरेका सामग्रीबारे स्पष्ट विवरणसहित अदालतमा उपस्थित गराउन भनेको छ। श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट नियन्त्रणमा लिइएका सामानसमेत भदौ १ गते अदालतमा पेस गर्न आदेश दिइएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता रमेश बडालले बहस गरेका थिए।


