काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतका राजदूतसँग भेटवार्ता सुरु गरेका छन् । यसअघि राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज भने एक्लाएक्लै भेट गरिरहेका छन् ।
यसक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


