ग्यासमा कृत्रिम अभाव वा कालोबजारी देखिए ९८५१११६७७३ मा खबर गर्न सरकारको आग्रह

Headlines आर्थिक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।

सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगिरहेका उपभोक्ताले ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको हो।

सचिवालयका अनुसार प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिनेछ।

हाल बजारमा एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन सरकार सक्रिय रहेको जनाउँदै सचिवालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अवरोध पुर्‍याउने गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।