काठमाडौं । एक अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौं महानगरपालिका–१६, बनस्थली क्षेत्रमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्। उनलाई सीआईबीको टोलीले बनस्थलीबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार केही व्यक्तिले संगठित रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको खुलेको हो।

रिजालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुण्डीसम्बन्धी कसुरमा पक्राउ अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
hnndd_smbndh_krbrm_slgn_vykt_pkru_mt_20830413_gt_
