काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि आह्वान गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य शिक्षामा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको भोलि पल्ट मन्त्रिपरिषद्को बैठक आह्वान भएको हो |
बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन ।

