काठमाडौं : भक्तपुरमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर अनन्तलिङ्गेश्वरको केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।
भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाका स्थानीयले धक्का महसुस भएको जनाएका छन्। यो भूकम्प पनि नयाँ नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताइएको छ।
