“प्रेस कार्ड बोकी चोरी गर्ने ब्यक्ति पक्राउ”
बिश्वब्यापी कोरोना भाईरस कोबिड 19 को महामारीको अवस्थामा भएको लकडाउनको मौका छोपी रात तथा दिनको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई नियन्त्रण गर्नाको लागी खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निग्रानी गर्ने क्रममा मिति २०७६/१२/०३ गते का.जि. का.म.न.पा. वडा न ९ सिनामंगल स्थित Arer 51 Boys Hostel बाट बिभिन्न समयमा ४ थान ल्यापटप तथा मिति २०७६/१२/२४ गते दिउसोको समयमा का.जि. का.म.न.पा. वडा न ७ चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको Apple MAC book pro laptop र Apple I pad चोरी कार्यमा संलग्न निम्न मानिसहरुलाई चोरी गरेका निम्न सामान सहित मिति २०७७/०२/०६ गते का.जि. बाट चाबहिल भत्केको पुल बाट पक्राउ परेको हुँदा सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त गौशाला बाट थप अनुसन्धान कार्य भईरहेको छ ।
साथै अनुसन्धानको क्रममा प्राप्त भएको CCTV फुटेजलाई अध्ययान गर्दा चोरी गर्ने क्रममा CCTV मा देखिएको Avenger मो.सा. रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरी बाट उम्कन AP1 टेलिभिजनको प्रेस कार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएको र निजको झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका Laptop ,CANON क्यामेरा , नगद रु ५३,०००/- अमेरिकन डलर ३००/-चाईनिज युयान २००/-धारिलो हतियार समेत फेला परेको हो।
