१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

Headlines समाचार

काठमाडौं । नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ ।

ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ ।

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ ।

त्यस्तै ३० हजार मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारि भै रहेको कृषि सामग्रि कम्पनिबाट जानकारि प्राप्त भएको छ ।