काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २)२६ को उपाधि जितेको हो ।
खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए ।

२०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।
सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २0२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।

