काठमाडौं । नेपालमा आज थप ८ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् । योसँगै नेपालमा स्वास्थ्योपचार पछि निको हुनेहरुको संख्या ४५ पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पतालमा उदयपुरका उपचाररत ८ जना पुरुषहरु उपचार पछि निको भएका हुन् । उनीहरु २९ देखि ३३ दिनसम्म उपचार गरेपछि निको भएका छन् ।
यसैबीच नेपालमा आज मात्रै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको हो । आज भेटिएका कोरोना संक्रमितहरु ३ देखि ४७ उमेरका रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।नेपालमा अहिलेसम्म कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भईसकेको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ ।
