ललितपुरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

विविध

काठमाडौं । ललितपुरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ललितपुरका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै नेपालमा थप २७ जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्ते नेपालमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ ।