नेपालको भूमि फिर्ता लिएरै छोड्ने प्रधानमन्त्रीको अठोट

विविध

काठमाडौं, ६ जेठ । नीति तथा कार्यक्रमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी कुटनीतिक वार्ता गरेर फिर्ता ल्याउने अठोट लिनुभएको छ । उहाँले अनुसार बर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हौसियतले अब लिपियाधुरा लिपुलेक कालापानीको विषय अब ओझेल पर्न वा सेलाउन नदिने बताउनु भएको छ । यो भुभागलाई जसरी पनि फिर्ता गर्ने अठोट लिएको उहाँको भनाई थियो । भारतले आफनो भनेर नक्सा विवादस्पद गरीरहेको बेला कुटनीतिक वार्ता बाट ठोस पहल गरी यो भुभागलाई फिर्ता ल्याई नेपालको नयाँ नक्सा बनाउने प्रधानमन्त्रीले बताउनु भएको छ ।