२०७७ जेष्ठ ०५ : काठमाडौँ – झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मोरङको कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचन कवल गाउँपालिकाको क्वारेन्टिनमा रहेका युवामा कोरोना पुष्टि भएको हो । उनी जेठ २ गते नेपाल प्रवेश गरेको र उनलाई सिधै क्वारेन्टिनमा लगेर राखिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताउनु भयो ।
उनलाई कोरोना विशेष अस्पताल मोरङ लैजाने तयारी गरिएको छ । यसअघि प्रदेश १ कै मोरङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै सोमबार मात्रै ६३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।
