प्रदेश ५ कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए । शुक्रबार राती वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविमा निर्मित क्वारेन्टाइनका ३० जना बढि र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिहोखोरका थप १५ जनासमेत क्वारेन्टाइन छोडेर भागेको उनको भनाई छ ।
क्वारेन्टाइनबाट भागेकाहरूको खोजी भइरहेको छ । क्वारेन्टाइनमा रहेकाहरू भागेको खवर फैलिएपछि अहिले गाउँमा त्रास समेत बढेको छ ।
