काठमाडौं, असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा र २९० जना अन्य समूहका विद्यार्थी रहेका थिए।

बोर्डले सार्वजनिक गरेको नतिजा आफ्नो आधिकारिक वेबसाइट राष्ट्रिय परीक्षा बोर्डको नतिजा वेबसाइट मार्फत हेर्न सकिने जनाएको छ।
